दोषीलाई कारबाहीको माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास बाहिर युवाहरुले प्रदर्शन गरेका हुन् ।
टिकटकमा मोडलिङ क्षेत्रमा संलग्न एजेन्सी प्रमुखले आफूलाई पछिल्लो ६ महिनादेखि निरन्तर बलात्कार गरेको आरोपसहित एक किशोरीको भिडियो सार्वजनिक भएको थियो ।
भिडियोमा रुँदै ती किशोरीले इन्स्टाग्राममा राखेको भिडियोमा मनोज पाण्डेको नाम उल्लेख गरेकी छिन् । पाण्डे ‘मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका प्रमुख रहेको खुलेको छ । प्रहरीले पाण्डेलाई भने अहिलेसम्म पक्राउ गरेको छैन ।
यता, सोही घटनाका सम्बन्धनमा फोटोग्राफर श्रीधर पौडेलले सामाजिक सञ्जालमा आफ्नो तस्विर दुरुपयोग गर्दै चरित्रहत्या गरिएको भन्दै विहीबार प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएका छन् ।
यो पनि,
तस्बिर दुरुपयोग गरी चरित्रहत्या गरिएको भन्दै पौडेल साइबर ब्यूरोमा