Media Network

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनलाई क्रुज ड्रग्स मुद्दामा क्लीन चिट


खबरस्टोरी संवाददाता

१३ जेष्ठ २०७९,शुक्रबार

काठमाडौँ  । बलिउडका अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई मुम्बईको चर्चित क्रुज ड्रग्स केसमा ठूलो राहत मिलेको छ ।

शुक्रबार एनसीबीले आर्यन खानविरुद्ध एनडीपीएस अदालतमा मुद्दा दायर गरेको थियो । दायर गरिएको आरोपपत्रमा आर्यनको नाम जोडिएको थिएन। लागूऔषध मुद्दामा आर्यनविरुद्ध कुनै प्रमाण फेला परेको छैन ।

जसका विरुद्ध प्रमाण फेला परेनन्, त्यसमा आर्यन खान बाहेक साहु, आनन्द, सुनिल सेह, अरोरा पर्छन् । जस अनुसार उनलाई एनसीबीबाट क्लिन चिट दिइएको हो ।

अक्टोबर २ मा एनसीबीले क्रुजमा छापा मारेको थियो । जसमा आर्यन खानसहित १९ जना पक्राउ परेका थिए । घटनास्थलबाट ६ जना पक्राउ परेका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद