सोमवार विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएपछि तारा एयरले विज्ञप्ति जारी गर्दै घटनाबारे औपचारिक जानकारी दिएको हो ।
“मिति २०७९ जेठ १५ तदअनुसार २९ मे २०२२ आइतबार बिहान पोखराबाट जोमसोमतर्फ ९ः५५ बजे उडेको तारा एयरको ९एन–एईटी, डीएचसी–६ ट्विनअटर वायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भीरमा १४ हजार ५ सय फिटको उचाईमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउँदा स्तब्ध छौँ ।” – विज्ञप्तिमा भनिएको छ ।
यस्तै, नेपाल नागरिक उड्डेयन प्राधिकरणले विज्ञप्ति जारी गरी उद्धार कार्य तीब्र गतिमा भइरहेको जनाएको छ ।
नेपाल नागरिक उड्डेयन प्राधिकरणकाे विज्ञप्ति