नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुको शव काठमाडौं ल्याइएको हो । शवको पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको तारा एयरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
तारा एयरका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘शवहरु त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमको लागि लगिएको छ ।’ भेटिएका शव सनाखत गर्न बाँकी छ ।
त्रिभुवन विमानस्थलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौँलाका अनुसार २२ जना सवार दुर्घटनामा परेको उक्त विमानमा २१ जनाको शव भेटिएको छ । मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा आज बिहान भेटिएको थियो ।
जहाजमा चालक दलका तीनजना सदस्य, १२ जना नेपाली, चार जना भारतीय र दुईजना जर्मनी नागरिकसहित २२ जना सवार रहेका थिए ।