Media Network

बेपत्ता तारा एयरको जहाज भेटिएन


खबरस्टोरी संवाददाता

१६ जेष्ठ २०७९,सोमबार

काठमाडौ । पोखराबाट मुस्ताङको जोमसोमका लागि आइतवार बिहान उडेको केही मिनेटमै बेपत्ता भएको तारा एयरलाइन्सको जहाज फेला पर्न सकेको छैन् ।

यद्यपी खोजी तथा उद्धार कार्य भने यथावत रहेको छ ।१९ जना यात्रु र चालक दलका तीन सदस्यसहित पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा उडेको जहाज मुस्ताङको शिखा क्षेत्रस्थित आकाशमा पुगेपछि एयर ट्राफिक कन्ट्रोलरसँगको सम्पर्क विच्छेद भएको थियो।

मौसमको खराबी र दुर्गम क्षेत्र भएकाले जहाज खोज्नमा कठिनाई भएको हो ।

बेपत्ता जहाज खोजीका लागि स्थलगत र हवाईमार्गबाट दिनभर नै टोली खटिएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद