Media Network

बर्दियामा नवीना थारुलाई गोली हानी हत्या गर्ने प्रहरी कारबाहीमा


खबरस्टोरी संवाददाता

२४ जेष्ठ २०७९,मंगलवार

काठमाडौं । बर्दियाको मधुवन नगरपालिका-२ कक्षा १२ मा अध्ययनरत छात्रा नवीना थारुलाई गोली हानी हत्या गर्ने प्रहरीलाई कारबाही हुने भएको छ । 

खेतमा खनजोत गर्ने क्रममा स्थानीयलाई बाघले आक्रमण गरेपछि उनीहरु घाइते भएका थिए । बाघबाट असुरक्षित महसुस गर्दै स्थानीयले प्रशासन समक्ष सुरक्षाको माग राख्दै दिउँसो प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको बताइएको छ । प्रहरीले चलाएको गोली लागि नवीना थारुको घनास्थलमै ज्यान गएको स्थानीयले बताए ।

स्थानीयले प्रहरीमाथि नै ढुंगामुढा प्रहार गरेपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ । प्रहरीतर्फका हबल्दार पार्वता खड्का सामान्य घाइते भएकी छन् ।

गृहमन्त्री बालकृष्ण खाणले गृह प्रशासनको अनुमति बिना प्रहरीले गोली चलाएको भन्दै कारबाही हुने बताएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद