Media Network

बर्दियामा १५ वर्षीया एक किशोरी बलात्कृत


खबरस्टोरी संवाददाता

२३ असार २०७९,बिहीबार

काठमाडौँ। बर्दियामा १५ वर्षीया एक किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा बाँके खजुरा गाउँपालिका–२ बस्ने २० वर्षीय अब्दुल खाँलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

ती किशोरीलाई खाँले धाकधम्की दिई गत असार १६ गते तथा विभिन्न समय र स्थानमा बलात्कार गरेको प्रहरीले जनाएको छ । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद