काठमाडौँ। बर्दियामा भतिजी आफ्नै ७४ वर्षीय ठुलो बाबुबाट बलात्कृत भएकी छिन् । जिल्लाको मधुवन नगरपालिकाकी २१ वर्षीया युवतीलाई आफ्नै ७४ वर्षीया ठुलो बाबुले खेतबारीमा जबरजस्ती करणी गरेको अभियोगमा उक्त निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
जबरजस्ती हाडनाता करणी गरेको जाहेरी पर्न साथ ईलाका प्रहरी कार्यालय ढोडेनीले पक्राउ गरि अनुसन्धान गरिरहेको बर्दियाका प्रहरी प्रमुख एसपी बिरेन्द्रबहादुर शाहीले जानकारी दिए ।