निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्नेतलाई भेट्न सुन्धारास्थित कारागारमा गएको खुलेपछि उनीमाथि जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन थालेको थियो।उनीमाथि छानबिन भइरहेको हुँदा स्वयम्भूबाट उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले तानिएको छ।
सुन्धारा कारागारमा रहेका बस्नेतलाई भेट्न केसी आइतबार पुगेका थिए। उनी के कारणले बस्नेतलाई भेट्न गएका थिए भन्नेबारेमा बुझ्न मंगलबार परिसरले समितिसमेत गठन गरेको छ।
प्रहरी उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो। तीन दिन भित्र उक्त समितिले प्रतिवेदन बुझाउनुपर्नेछ।