वडा नम्बर ८ को कार्यलयबाट ११० थान साडी प्रहरीले बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । वडाध्यक्ष सन्तोष खड्काले हस्ताक्षर गरेको एक सूचनामा महिलाहरूलाई शनिबार दिउँसो २ बजे साडी बाँड्न लागेको उल्लेख गरिएको थियो ।
तर त्यसको चौतर्फी आलोचना भएपछि र निर्वाचन आयोग समेतले निर्देशन दिएपछि सो कार्यक्रम रोकिएको थियो।