चन्द्रागिरीमा युवकको हत्या गर्ने दुई जना पक्राउ


खबरस्टोरी संवाददाता
१८ जेष्ठ २०७९, बुधबार
चन्द्रागिरीमा युवकको हत्या गर्ने दुई जना पक्राउ
काठमाडौं । चन्द्रागिरी नगरपालिका-१० बोसिगाउँ बस्ने उदयपुर तामिल्छा नगरपालिका-८ घर भएका २९ वर्षीय अरुण खत्रीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जन रहेका छन्। सोही नगरपालिका-३ ढाल्पास्थित सडकमा उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका अरुणको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले कुटपिटमा संलग्न दुवै जनालाई पक्राउ गरेको हो। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।