Media Network

चन्द्रागिरीमा युवकको शव फेला


खबरस्टोरी संवाददाता

१५ पुष २०७८,बिहीबार

काठमाडौँ।  काठमाडौंको चन्द्रागिरि नगरपालिकाको सडकमा एक युवकको शव फेला परेको छ । 

चन्द्रागिरि नगरपालिका ४ नम्बर वडास्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको हो । बिहीबार बिहान शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा, थानकोट वृत्तको टोली घटनास्थल गएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली जानकारी दिए। 



Share:
Reaction :
ताजा समाचार
खेलकुद