चुनावको प्रचार गरेर फर्कंने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु


खबरस्टोरी संवाददाता
१९ बैशाख २०७९, सोमबार
चुनावको प्रचार गरेर फर्कंने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु
प्युठान। प्यूठानमा चुनाव प्रचार गरेर फर्कंने क्रममा भीरबाट लडेर  एक जनाको मृत्यु भएको छ ।

जिल्लाकोे नौबहिनी गाउँपालिका-२ मा चुनावको प्रचार गरी घर फर्कने क्रममा सोही ठाउँका ५६ वर्षीय धनबहादुर थापा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बहानेले जनाएको छ।

थापाको शव पोष्टमार्टमका लागि प्यूठान अस्पताल लगिएको प्रहरीले जनाएको छ।  मृतक थापा नेकपा माओवादी केन्द्रका स्थानीय नेता हुन् ।