Media Network

चार्ल्स शोभराजलाई थुनामुक्त नगर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश


खबरस्टोरी संवाददाता

८ पुष २०७८,बिहीबार

काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई थुनामुक्त नगर्नुको कारण देखाउन माग गरेको छ ।न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले बन्दी प्रत्यक्षीकरण मुद्दामा बिहीबार सुनुवाई गर्दै तीन दिनभित्र जवाफ पेश गर्न सरकारसँग माग गरेको छ ।

सर्वोच्चले शोभराजलाई ज्येष्ठ नागरिकले पाउने सुविधा पाउनुपर्ने हो कि होइन भनी लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।आफ्नो कैद अवधि भुक्तान भइसकेको दावीसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा उक्त आदेश जारी भएको हो । 

अदालतले तोकेको सजाय आफूले भोगिसकेको भन्दै शोभराजले थुनामुक्त हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा पुस ७ गते बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद