Media Network

चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसका शिक्षकमाथि आक्रमण


खबरस्टोरी संवाददाता

६ पुष २०७८,मंगलवार

काठमाडौँ। आन्तरिक परीक्षामा चिट चोर्न नदिएको भन्दै रत्न राज्य क्याम्पसमा स्नातक तहका विद्यार्थीले शिक्षकमाथि आक्रमण गरेका छन्। मंगलबार बिहान आर आर कलेज भृकुटीमण्डपमा शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरिएको  क्याम्पसका एक प्राध्यापकले जानकारी दिए।

उनका अनुसार मंगलबार बिहान स्नातक तह प्रथम वर्षमा सोसल वर्क (बिएसडल्बु) को प्रयोगात्मक तर्फको ३० अंकको आन्तरिक परीक्षा भइहेको थियो। एक छात्राले चिट चोर्न लागेकोमा शिक्षक प्रकाश पुडासैनीले रोक्न खोजे । परीक्षामा चिट चोर्न रोक्न खोज्दा स्नातक दोस्रो वर्षमा अध्ययनरत छात्र कुँवेर जेठाराले शिक्षकमाथि दुर्व्यवहार गर्न थाले। माहोल तनावपूर्ण भएपछि परीक्षा स्थगित भयो।

रत्न राज्य क्याम्पसका सहायक क्याम्पस प्रमुख देविप्रसाद घिमिरेले परीक्षा स्थगित गरेर विवादित दुई पक्ष शिक्षक र विद्यार्थीलाई आफ्नो कक्षमा लगि छलफल गराउने प्रयत्न गरिरहेकोमा विद्यार्थी कुँवेर जेठाराले पानी पिउन मन लागेको भन्दै डिसपेन्सन नजिक भएको स्टिलको जग उठाए। जेठाराले उक्त जगले शिक्षक प्रकाश पुडासैनीको टाउकोमा हाने र उनको टाउकोमा चोट लाग्यो। प्रत्यक्षदर्शीका अनुसार स्टिलको जग कुच्चिएको थियो।

‘शिक्षकमाथि आक्रमण भएपछि एकछिन उक्त स्थानमा सन्नाटा छाएको थियो’ उक्त शिक्षकले भने, ‘त्यसपछि कुँवेर सहायक क्याम्पस प्रमुखको कक्ष नजिकै रहेको शौचालय जान्छु भनी भित्र छिरे र भित्रबाट चुकुल लगाएर शौचालयको झ्यालबाट बाहिर भागे। स्रोतका अनुसार यो मुद्धामा अहिले पनि क्याम्पसमा छलफल भइरहेको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद