Media Network

चितवनमा स्कुटर दुर्घटना हुँदा एक युवाको मृत्यु


प्रेम कडेल

७ माघ २०७८,शुक्रबार

चितवन।  चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ लंकू, धर्मचोकमा स्कुटर दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ। बिहिबार राति ९.४५ बजे शिवघाटबाट भरतपुरतर्फ आउँदै गरेको प्रदेश ३-००४ प ७३२२ नम्बरको स्कुटर लंकू धर्मचोकको वरपिपल चौतारीमा ठोक्किएर दुर्घटना भएको हो। 

दुर्घटनामा मृत्यु हुनेमा स्कुटर चालक भरतपुर १६ का ३५ वर्षीय दिल खत्री रहेका छन्। उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। 

त्यस्तै स्कुटर पछाडि सवार सोही स्थानका २४ वर्षीय दिवस चापागाईंको पनि गम्भीर अवस्थामा उपचार भईरहेको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद