Media Network

चट्याङ लागेर मृत्यु


खबरस्टोरी संवाददाता

१९ जेष्ठ २०७९,बिहीबार

नवलपरासी । नवलपरासी पश्चिम बर्दघाट नगरपालिका–११ बिजयपुर बस्ने ४२ वर्षीय ईन्द्रबहादुर चौधरीको चट्याङ लागेर बुधबार बिहान मृत्यु भएको छ ।  

आफ्नै खेतमा धानको बिउ हेर्न गएको अवस्थामा अचानक चट्याङ लागेर गम्भीर घाइते भएका उनको चिसापानी सामुदायिक अस्पताल बर्दघाटमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।    


Share:
Reaction :
ताजा समाचार
खेलकुद