काठमाडौं बानेश्वरमा डेरा गरी बस्ने बारा पचौरुवा नगरपालिका–३ घर भएका २२ वर्षीय अभिषेक जैसवालको चौधरी ग्रुपको १० तले निर्माणाधिन भवनको छतबाट खसेर सोमबार बिहान मृत्यु भएको हो ।
यस्तै, झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने भारत केलाबारी दार्जिलिङ बस्ने २८ बर्षीय निलेश्वर व्रमाणको लडेर आइतबार साँझ मृत्यु भएको छ । गौरिगंज गाउँपालिका–१ स्थित घर निर्माणको लागि घरभित्र बासको चाङ बनाई काम गरिरहेकोमा चाङबाट लडेर गम्भीर घाइते भएका उनको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेजको छ ।