Media Network

छुटेनन् पल शाह, उच्च अदालतद्वारा जिल्लाकै आदेश सदर


खबरस्टोरी संवाददाता

२० जेष्ठ २०७९,शुक्रबार

पोखरा। नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा पुर्पक्षको लागि तनहुँ जिल्ला कारागारमा थुनामा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई अदालतले थुनामै राख्ने आदेश जारी गरेको छ । 

बिहिबार उच्च अदालत पोखराले शाहलाई थुनामै राखेर अनुसन्धान अघि बढाउने आदेश दिएको हो ।उच्च अदालतका न्यायाधीशद्वय उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलाशले बिहिबार सांझ उक्त आदेश दिएको हो ।

। यसअघि तनहुँ र नवलपुर अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि पल शाह पक्षधर वकिलहरुले थुनाबाहिर रहेर मुद्धा लड्न पाउनुपर्ने भन्दै उच्च अदालत पोखरामा दुवै जिल्लाको थुनेछक आदेशविरुद्ध निवेदन दिएका थिए ।

बिहिबार उच्चमा भएको सुनवाइमा अभिनेता शाहको तर्फबाट पाँच जना र ‘पीडित’ नाबालिगको तर्फबाट उच्च सरकारी वकिलको कार्यालयबाट एकजना सरकारी वकिलले मात्रै बहस गरेका थिए। पीडीतको पक्षमा यसअघि तनहुँ र नवलपुरमा बहस गरेका वकिलहरुले उनले बयान फेरेसँगै मुद्धाबाट हात झिकिसकेका छन् ।

उच्च अदालतमा न्यायधिशसामु धरौटीमा छोड्ने वा साधारण तारेखमा छाड्ने या थुनामै राखेर अनुसन्धान गर्ने तीन विकल्प थिए । अब पल पक्षधर वकिलहरुले उच्चको आदेश विरुद्ध सर्बोच्च अदालतमा निवेदन दिन सक्नेछन् ।










Share:
Reaction :
ताजा समाचार
खेलकुद