पक्राउ पर्नेमा शिक्षक जनार्दन अधिकारी रहेको प्रहरीले जनाएको छ । अधिकारीले कक्षा ११ र १२ मा पढ्ने छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यार्थीहरुले प्रदर्शन गरेपछि प्रहरीले अधिकारीलाई पक्राउ गरेको हो ।
अधिकारीले विद्यालयमा कोडिर्नेटरको रुपमा कार्यरत रहेको र घटनाको विषयमा थप अनुसन्धन भैरहेको प्रहरीले जनाएको छ ।