Media Network

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु


खबरस्टोरी संवाददाता

५ असार २०७९,आईतवार

काठमाडौं । मकवानपुर, रुकुम (पश्चिम), मोरङ, बर्दिया, काभ्रेपलाञ्चोक, रुपन्देही र सर्लाहीका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–५ मनकामना चोकस्थित सडकमा बा.९५ प ८५६१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका–४ सिर्जनापथ डेरा गरी बस्ने जनकपुर घर भएका ३९ वर्षीय अन्जन कर्णको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार मृतककी श्रीमती ३२ वर्षीया कल्पना कर्ण र छोरा ११ वर्षीय आर्यन कर्णलाई थप उपचारको लागि जनकपुरतर्फ रिफर गरिएको छ । 

रुकुम (पश्चिम), आठबिसकोट नगरपालिका–११ छोटेटारमा लु.१ ज १८९७ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खसेर शनिबार साँझ दुर्घटना हुँदा चालक बाफिकोट गाउँपालिका–८ दुली बस्ने २६ वर्षीय प्रकाश घर्ती र जिपमा सवार सोही ठाउँ बस्ने २४ वर्षीय कबिराम बिकको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नगर अस्पताल राडीमा उपचारको क्रममा मृत्यु भएको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद