Media Network

डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिए


खबरस्टोरी संवाददाता

३१ जेष्ठ २०७९,मंगलवार

डडेल्धुरा । डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । डडेल्धुराको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति विक र गणेश विक एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । 

आलितालको वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद