Media Network

डोजरले फालेको ढुंगाले लागेर १४ वर्षीय एक विद्यार्थीको मृत्यु


खबरस्टोरी संवाददाता

२६ जेष्ठ २०७९,बिहीबार

काठमाडौँ। गुल्मीमा सडक निर्माणको क्रममा डोजरले फालेको ढुंगाले लागेर विद्यालय जाँदै गरेका एक विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाका मुसिकोट नगरपालिका वडा नम्बर ३ का १४ वर्षीय गगन रायमाझीको भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले जानकारी दिए।

बिहीवार बिहान मैदान-ठूलापोखरा सडक सफाईका क्रममा डोजरले फालेको ढुंगाले लागेर स्थानीय पृथ्वी माविमा अध्ययनरत बालक घाइते भएका थिए। गम्भीर घाइते भएका बालकलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारको लागि जिल्ला अस्पताल तम्घास ल्याउने क्रममा बाटोमै मृत्यु भएको डीएसपी खरेलले बताए।

बालकको शवलाई पोस्ट मार्टमको लागि गुल्मी अस्पतालमा पठाइएको छ भने डोजर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खरेलले जनाए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद