‘डार्क फाइल’ का राजकुमार फेरि समातिए


खबरस्टोरी संवाददाता
१६ पुष २०८२, बुधबार
‘डार्क फाइल’ का राजकुमार फेरि समातिए

काठमाडौं । डार्क फाइलमार्फत् न्यायाधीशमाथि विभिन्न आरोप लगाउने राजकुमार तिमिल्सिना पुनः पक्राउ परेका छन् । 

बुधबार दिउँसो पोखराबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । 

उनले पछिल्लो समय सर्वोच्च अदालतका न्यायाधीशहरूलाई लक्षित गरी विभिन्न आरोप लगाउँदै आएका थिए । यसअघि फेक अडिओ संवाद सिधाकुरा अनलाइनलाई दिएर अदातलको अवहेलना गरेको भन्दै उनीविरूद्ध मुद्दा चलेको थियो ।

६ महिना कैद सजाय तोकिएका उनी भदौ २४ गते कारागारबाट फरार भएका थिए ।