एआईजी बढुवाविरुद्ध पेशी तोकियाे, सुनुवाई भएन


खबरस्टोरी संवाददाता
२० चैत्र २०७८, आईतवार
एआईजी बढुवाविरुद्ध पेशी तोकियाे, सुनुवाई भएन
काठमाडौ । हालै मात्र सरकारले गरेको एआईजी बढुवाविरुद्धको रिटमाथि आइतबार सुनुवाइ नहुने भएको छ 

न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेशी तोकिएको भएतापनि हेर्न नमिल्ने भन्दै स्थगित गरिएको हो। डीआईजी ईश्वरबाबु कार्कीले दायर गरेको रिट सुनुवाइका लागि आज आइतबार रेग्मीको इजलासमा पेशी तोकिएको थियो। गृह मन्त्रालयको बढुवा सिफारिस समितिले चैत १ गते  डीआईजीहरु बसन्त पन्त, रवीन्द्र धानुक र धीरजप्रताप सिंहलाई एआइजीमा बढुवा घोषणा गरेकै दिनमा हतार हतारमै दज्र्यानी चिन्ह समेत प्रदान गरेको थियो । सामान्यतय प्रहरीमा बढुवा घोषणा गरेको केहि दिनपछि मात्र फुली लगाइदिने प्रचलन छ ।

सो बढुवा प्रक्रियामा असन्तुष्टी जनाउँदै प्रतिस्पर्धी डीआईजीहरु घनश्याम अर्याल, ईश्वरबावु कार्की र प्रकाशजंग कार्कीले सरकारले बरियता मिचेर कनिष्ठलाई बढुवा गरेको भन्दै सर्वोच्च पुगेका थिए ।