Media Network

एआईजी विश्वराज पोखरेलको बिदा अस्वीकृत


खबरस्टोरी संवाददाता

२६ जेष्ठ २०७९,बिहीबार

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले १० दिनको बिदाका लागि दिएको निवेदन अस्वीकृत गरेका छन् ।

सर्वोच्च अदालतमा रिट हालेका एआईजी पोखरेलले थप १० दिनको बिदाका लागि निवेदन दिएका थिए ।

पोखरेल गत वैशाख १९ गतेदेखि १ महिने बिदामा बसेको थिए । सरकारले धिरज प्रताप सिंहलाई आईजीपी नियुक्त गरेको भोलिपल्ट पोखरेलले जेठ २५ गतेसम्मका लागि बिदाको निवेदन दिएका थिए। त्यसयता पोखरेल हेडक्वार्टर गएका छैनन् ।

पोखरेलले ज्येष्ठता मिचेर आईजीपी बनाइएको भन्दै वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । सो मुद्दाको सुनुवाई जेठ ३० गतेका लागि पेशी तोकिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद