एआईजी विश्वराजको रिट दर्ता, बुधबारलाई तोकियो पेशी


खबरस्टोरी संवाददाता
१९ बैशाख २०७९, सोमबार
एआईजी विश्वराजको रिट दर्ता, बुधबारलाई तोकियो पेशी
काठमाडौँ। एआईजी विश्वराज पोखरेलको रिट निवेदन सोमवार सर्वोच्च अदालतमा दर्ता भएको छ ।

आफूभन्दा डेढ वर्ष जुनियर एआईजी सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय बदर गर्न माग गर्दै पोखरेलले रिट दर्ता गराएका हुन् । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार पोखरेलको रिट दर्ता भएको छ र रिटमाथि प्रारम्भिक सुनुवाइका लागि बुधबारलाई पेसी तोकिएको छ ।