Media Network

एआईजीका लागि तीन जनाको नाम सिफारिस


खबरस्टोरी संवाददाता

१ चैत्र २०७८,मंगलवार

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक(एआईजी)मा बढुवाका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । 

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको मंगलबार बसेको बैठकले डीआईजीहरु बसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डिआइजी बसन्तकुमार पन्त पहिलो नम्बरमा रहेका छन् ।

दोस्रो नम्बरमा केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डिआइजी धीरजप्रताप सिंह रहदा तेस्रो नम्बरमा अपराध अनुसन्धन विभाग कार्य निर्देशनालय नक्सालमा कार्यरत रवीन्द्रबहादुर धानुक रहेको बढुवा समितिको सचिवालयले जारी गरेको सूचनामा जनाइएको छ । 

सिफारिस पत्र


Share:
Reaction :
ताजा समाचार
खेलकुद