Media Network

एआईजीका लागि तीनै जनालाई आयोगकाे ‘क्लिन चिट’


खबरस्टोरी संवाददाता

१६ चैत्र २०७८,बुधबार

काठमाडौं ।  एआईजीमा बढुवा सिफारिस गरिएका तीनै जनालाई लोकसेवा आयोगले आयोगले क्लिन चिट दिएको छ । आयोगले तीनै जनाको सिफारिस सदर गरेसँगै डीआईजीहरु बसन्त पन्त, रवीन्द्र धानुक र धीरजप्रताप सिंहले एआईजी बढुवाका लागि क्लिन चिट पाएका हुन् । लोकसेवा आयोगको बढुवा उपरको उजुरी सुन्ने समितिको सचिवालयले निर्णय सदर गरेको जानकारी बढुवा समितिलाई दिएको छ ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले चैत १ गते डीआईजीहरु पन्त, धानुक र सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । लोकसेवा आयोगले तीन जना डीआईजीलाई एआईजी बढुवा सिफारिस सदर गरेपछि अब मन्त्रिपरिषद्ले निर्णय गर्नेछ । 

तर, उक्त सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको थियो । सो बढुवा सिफारिसमा असन्तुष्टी जनाउँदै प्रतिस्पर्धी डीआईजीहरु घनश्याम अर्याल, ईश्वरबावु कार्की र प्रकाशजंग कार्कीले लोकसेवा आयोगमा उजुरी दिएका थिए ।

लोकसेवाका अध्यक्ष माधव रेग्मी, मुख्य सचिव शंकर बैरागी र कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा सम्मिलित उजुरी सुन्ने सचिवालयले बढुवा समितिको निर्णयमा उजुरकर्ताको दावी बमोजिम ‘त्रुटी नदेखिएको’ निष्कर्ष निकाल्दै सफाइ दिएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद