गत मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले एआइजीमा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गरेको थियो। इजलासले कारण देखाउ आदेशसहित दुवै पक्षलाई छलफलका लागि आज बोलाएको थियो।
डीआइजीहरु ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दर्ता गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश चुडालले गत मङ्गलबार अन्तरिम आदेश दिन अस्वीकार गरेका थिए। आज दुवै पक्षलाई छलफलमा बोलाएपछि सर्वोच्चले उक्त पेसी स्थगित गरेको हो।१७ चैत्रमा बसेको मन्त्रिपरिषद् बैठकले तीनजना डीआइजी धीरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो। एआइजी बढुवाविरुद्ध डीआइजीहरू ईश्वरबाबु कार्की घनश्याम अर्याल र प्रकाशजंग कार्कीले सर्वोच्चमा रिट दर्ता गरेका थिए।