हजुरआमासँग शनिबार भोजमा गएकोमा हजुरआमा घरमा आएको र नातिनी घरमा नआएपछि खोजी गर्ने क्रममा खाल्डोमा अर्ध गाडिएको र निधारमा चोट लागेको अवस्थामा उनको शव फेला परेको हो । घटनाको आवश्यक अनुसन्धान एवम् सोधपुछका लागि १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, काठमाडौं महानगरपालिका–४ सुकेधारा धोवीखोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् भने ललितपुर महानगरपालिका–२२ फर्सिडोलस्थित बागमती खोला किनारमा नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यसैगरी, डोल्पा, जगदुल्ला गाउँपालिका–२ स्थित नेपाल खाद्य संस्थानको भवनको खुल्ला ग्यालरीमा बिपिन भन्ने हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३१ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।