Media Network

एक महिला र तीन पुरुष मृत अवस्थामा फेला


खबरस्टोरी संवाददाता

२६ जेष्ठ २०७९,बिहीबार

काठमाडौं । एक महिला र तीन पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । प्रहरीले देशको विभिन्न ठाउँमा चार जनाको शव फेला पारेको हो ।  

काठमाडौं महानगरपालिका–२४ न्यूरोडमा सोही महानगरपालिका–१२ टेकु बस्ने ३४ वर्षीय सुरेन महर्जन बुधबार मृत अवस्थामा फेला परेका छन् । 

यस्तै, दार्चुलाको शैल्यसिखर नगरपालिका–१ बारिलतोर्के बस्ने ४५ वर्षीया अनिबा खडायत आफ्नै घरबाट करिब २ सय मिटर टाढा रहेको खरको कुन्निउमा बुधबार मृत अवस्थामा फेला परेकी छन् । उक्त कुन्निउमा जलेको अवस्थामा उनको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले घटनामा शंकास्पद २ जनालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । 

यसैगरी, पाल्पाको निस्दी गाउँपालिका–४ दर्घा घर भई मित्यालमा जग्गा भाडामा लिई कुखुरा फर्म खोली बस्ने ४९ वर्षीय कोष बहादुर खाम्चा सुतेकै ठाउँमा बुधबार मृत अवस्थामा फेला परेका छन् । 

उता, बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका–१ रानाचोक बस्ने २९ वर्षीय सुरज रेग्मी आफू सुत्ने कोठामै बुधबार मृत अवस्थामा फेला परेका छन् । 

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।    


Share:
Reaction :
ताजा समाचार
खेलकुद