रामपुर नगरपालिका वडा नम्बर १० का अध्यक्ष तोयानाथ सारुका अनुसार थापा ५/६ वर्षदेखि मुटुको रोगबाट पिडित थिए ।
स्थानीय भानुभक्त माध्यमिक विद्यालयका पूर्वशिक्षकसमेत रहेका थापा २०४७ सालमा संविधान जारी भएपछि २०४९ को स्थानीय तह चुनावमा तत्कालीन गेझा गाविसका अध्यक्ष भएका थिए । त्यसपछि उनी २०५४ मा पुन: साविकको वडा नम्बर ४ को अध्यक्षमा निर्वाचितसमेत भएका थिए । त्यसपछि भने उनी पाल्पा जिल्ला विकास समितिको उपसभापति भएका थिए ।
पाल्पा क्षेत्र नम्बर १ मा नेकपा मालेका उम्मेदवार दलबहादुर रानालाई हराउँदै २०५६ सालको आम निर्वाचनमा उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । थापाका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।