Media Network

एनआइसी एसिया बैंक लुटमा कर्मचारीकै हात,चार जना पक्राउ


खबरस्टोरी संवाददाता

२४ पुष २०७८,शनिबार

काठमाडौँ । बैंककै कर्मचारीको मिलेमतोमा एनआईसी एसिया बैंकबाट ठुलो रकम चोरी भएको छ ।महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार बैंकको नगद सङ्कलक काठमाडौँको काँडाघारी बस्ने प्रदीप खत्रीसहित चार जना पक्राउ परेका छन् ।खत्रीले काठमाडौँ महानगरपालिका–१० को कार्यालयबाट १२ लाख ४५ हजार र मेट लाइफ इन्योरेन्स शान्तिनगरबाट तीन लाख पचासी हजार गरी १६ लाख ३० हजार रुपैयाँ बैंकमा दाखिला गर्न जाने क्रममा लुटपाट भएको सूचना प्रहरीलाई दिएका थिए ।

सूचनाका आधारमा प्रहरी वृत्त बानेश्वर र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले अनुसन्धान गर्दा खत्रीमाथि नै शङ्का लागेपछि पक्राउ परेका थिए । अनुसन्धानपछि मिलेमतोमा नगद चोरी गरी भागबण्डा गरेको फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले चोरीमा संलग्न खत्रीसहित ललितपुर धापाखेल बस्ने २४ वर्षका विमल तामाङ, रामेछाप घर भइ ललितपुर बस्ने राज पौडेल र अनिश खड्कालाई पक्राउ गरेको हो । उनीहरू चार जनाले पैसा भागबण्डा लगाएर बाँडेको फेला परेको प्रहरीले जनाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद