एउटा यस्तो क्रुर घटना जब लोग्नेले मलद्वारबाट लौरो घुसाएर सिकिस्त बनाएपछि


खबरस्टोरी संवाददाता
१४ जेष्ठ २०७९, शनिबार
एउटा यस्तो क्रुर घटना जब लोग्नेले मलद्वारबाट लौरो घुसाएर सिकिस्त बनाएपछि
चितवन । अपराधिक मानसिकताले ग्रसिद भएपछि मान्छेले विभिन्न अस्वभाविक खालका गतिविधि मार्फत अपराधहरु गर्ने गर्दछ, जसको एउटा क्रुर उदाहरण चितवनमा देखियो ।

श्रीमानले मलद्वारबाट लौरो घुसाएर यौनाङ्गबाट निकालिदिएपछि सख्त घाइते भएकी गीता माझी भरतपुर अस्पतालको सर्जिकल वार्डको बेड नम्बर ५२ मा उपचाररत छिन् ।

गत बिहीबार साँझ घरमा खाना खाने क्रममा श्रीमानले निर्घात कुटेर पनि नपुगेपछि उनको मलद्वारमा आगो बाल्न अँगेना छेवैमा भएको दाउरा घुसाइदिएपछि त्यहाँ एकाएक कोलाहल मच्चिन पुग्छ तब वरपरका छिमेकीहरु पनि त्यहाँ आईपुग्छन्,रगतले लतपतिएको पिडाले चिच्याईरहेको अवस्थामा महिलालाई देखेपछि छिमेकीहरुले मिलेर उक्त पुरुषलाई बाँधेर राख्छन् र प्रहरी त्यहाँ आईपुग्छ । घाइतेलाई अस्पताल पुराइन्छ । अस्पतालका अनुसार लोग्नेले मलद्वारबाट लौरो घुसाउँदा गीताको यौनाङ्ग र मलद्वारबीचको खाली भाग च्यातिएको छ। कम्मरको हड्डी पनि भाँच्चिएको छ।

झट्ट सुन्दा निर्मम लाग्ने यो घटना साच्चै नै दर्दनाक खालको छ । यता जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी हिरासतमा रहेका गीताका श्रीमान ४० वर्षका रामचन्द्रलाई अदालतबाट म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।