इलाका वन कार्यालय रिडीको टोली त्यसतर्फ जाँदै गरेको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिए। फेला परेको मृत चितुवालाई कसैले मारेको वा आफैँ मरेको भन्नेबारे टोली पुगेपछि मात्रै थाहा हुने सापकोटाले खुलासा गरे ।
कसैले मारेको भएमा त्यसको अनुसन्धान प्रक्रिया अगाडि बढाइने सापकोटाको भनाई छ । आफैँ मरेको भएमा ताजा भए छाला निकालेर खाडल खनि गाडिने र धेरै दिनको रहेछ भने यसै गाडिने सापकोटाले जानकारी दिए ।