Media Network

गुण्डा नाइकेलाई भेट्न जेल पुगेका डीएसपी केसीमाथि अनुसन्धान गर्न समिति गठन


खबरस्टोरी संवाददाता

१ असार २०७९,बुधबार

काठमाडौं । प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) मिलन केसी जेलमा रहेका गुण्डा नाइके समीरमान सिंह बस्नेतलाई भेट्न गएको घटनाबारे अनुसन्धान गर्न समिति गठन गरिएको छ । 

काठमाडौं प्रहरी परिसरले डीएसपी केसीमाथि आन्तरिक छानबिन थालेको हो । जसका लागि एसपी दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । 

निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या आरोपमा पुर्पक्षका लागि जेल चलान भएका बस्नेतलाई भेट्न डीएसपी केसी आइतबार सुन्धारा कारागार पुगेको खबर बाहिरिएपछि उनीमाथि छानबिन थालिएको हो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद