प्रतापपुर गा.पा. ७ सूर्यपुरास्थित नेपाल गण्डक प्राधिकरण जल बिद्युत केन्द्र (पावर हाउस) नजिकै गण्डक नहरमा अन्दाजी ४०÷४५ बर्षको पुरुष मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
यस्तै, सोही पावर हाउसको पूर्वपट्टी रहेको गण्डक नहरमा अन्दाजी २५ देखि ३० बर्षको अर्को पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । दुबै मृतकको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
मृत दुबै शव परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा राखिएको छ ।