गोरखामा आगलागी हुँदा ६९ वर्षीय वृद्धाको जलेर मृत्यु


खबरस्टोरी संवाददाता
४ असार २०७९, शनिबार
गोरखामा आगलागी हुँदा  ६९ वर्षीय वृद्धाको जलेर मृत्यु
काठमाडौँ। गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ को एक घरमा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ। 

गएराति शहिदलखन गाउँपालिका वडा नम्बर ७ स्थित तिवारी टोलको एक घरमा आगलागी भएर  ६९ वर्षीय वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए। उनको शवको पेटको भागमात्रै बाँकी रहेको खनालले बताए । 

उनका अनुसार घटना गएराति ११ देखि १२ बजेको आसपासमा भएको आशंका छ। घटनाबारे शनिबार बिहान मात्रै थाहा भएको हो। प्रहरीलाई पनि बिहान साढे ७ बजे मात्रै खबर भएको हो। 

प्रहरीले घटनास्थलबाट वृद्धा महिलाको शव पोष्टमर्टमको लागि जिल्ला अस्पताल गोरखा पठाएको छ।