काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–७ स्थित पूर्वअरनिको गेष्ट हाउसको कोठाभित्र एक महिला मृत अवस्थामा फेला परेकी छन् । गेष्ट हाउसमा बिगत एक वर्षदेखि काम गर्न बसेकी काठमाडौं बालाजु घर भएकी ४२ वर्षीया अनिता परियार सोही गेष्ट हाउसको कोठाभित्र शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उता, नवलपरासी (पूर्व), बौद्वीकाली गाउँपालिका–२ तल्लोथरस्थित बाँसको झ्याङमा सोही गाउँपालिका–१ मिथुकरण बस्ने ६२ वर्षीय रुकसिंह विक शुक्रबार मृत अवस्थामा फेला परेका छ्न् ।