गायक तथा कांग्रेस आईका नेताको हत्यारा खोज्दै दिल्ली प्रहरी नेपालमा


खबरस्टोरी संवाददाता
२१ जेष्ठ २०७९, शनिबार
गायक तथा कांग्रेस आईका नेताको हत्यारा खोज्दै दिल्ली प्रहरी नेपालमा
काठमाडौ । भारतीय गायक तथा कांग्रेस आईका नेता सिद्धु मुसेवालाका हत्यारा खोज्दै दिल्ली प्रहरीको टोली काठमाडौं आएको छ। 

नेपाल प्रहरीसँग समन्वय गरेरै उक्त टोली काठमाडौं आएको बताईएको छ । मुसेवालाका हत्यारा नेपाल लुकेर बसेको र उनीहरुलाई खोज्न भारतीय प्रहरीको टोली काठमाडौं आएको इन्डिया टुडेले जनाएको छ। 

गत आइतबार साँझ २८ वर्षे मुसेवालाको पन्जाबमा ३० राउण्ड गोली हानेर हत्या भएको थियो। मूसेवाला हत्यामा संलग्न रहेको आरोपमा हरियाणाका दुई जना फतेहाबादबाट पक्राउ परे पनि अरु फरार छन्। मुसेवालाको हत्याको जिम्मा लरेन्स बिश्नोई ग्याङस्टरले लिएको छ।