Media Network

गायिका दिलमाया मृत्यु प्रकरण : श्रेष्ठलाई पाँच दिन हिरासतमा राख्न अनुमति


खबरस्टोरी संवाददाता

१३ असार २०७९,सोमबार

काठमाडौँ । लोक दोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेका सूर्य श्रेष्ठलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

कर्तव्य ज्यानसम्बन्धी कसूरमा अनुसन्धानका लागि उनलाई हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।

शनिबार बिहान पौने ११ बजे सुनार कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । लगत्तै प्रहरीले उनका प्रेमी श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । तर हालसम्म सुनारको मृत्युको कारण खुलेको छैन ।सिन्धुपाल्चोकको साँगाचोकगढीका श्रेष्ठले दिलमाया झुन्डिएको भनिएको सल महाराजगञ्जस्थित झाडीमा फेला परेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद