लापर्वाही गरेर गाडी चलाउनेहरुलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गर्न थालेको छ । बिहानदेखि अहिलेसम्म ट्राफिक नियम पालना नगर्ने ११२ वटा मोटरसाइकल र चार वटा चारपाङ्ग्रे गाडीलाई होल्ड गरिएको महाशाखाका प्रहरी उपरीक्षक एवम् प्रवक्ता सञ्जीव शर्मा दासले जानकारी दिए ।
तीव्र गतिमा गाडी चलाउने, जाँड रक्सी खाएर गाडी चलाउने, हेल्मेट नलगाइ मोटरसाइकल चलाउने, मोटरसाइकलमा दुई जनाभन्दा धेरै चढ्ने तथा ठूलो आवाजमा गाडी कुदाउनेहरुलाई कारबाही थालिएको उनले बताए । त्यस्तै आज काठमाडौँ उपत्यकामा ६८ ठाउँमा ट्राफिक प्रहरीको चेक प्वाइन्ट राखिएको छ।