Media Network

हुम्लाको चंखेलीमा आगलागी हुँदा तीनवटा घर जलेर नष्ट


खबरस्टोरी संवाददाता

२८ जेष्ठ २०७९,शनिबार

काठमाडौं। हुम्लाको चंखेली गाउँपालिका–४ पिप्लामा तीनवटा घरमा आगलागी भएको छ।

गएराति १ बजे स्थानीय कर्णबहादुर शाहीको घरबाट विद्युत सट भएर आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रहरी प्रमुख दिपक मल्लले बताए । कर्णबहादुरको घरबाट छिमेकी यमबहादुर शाही र शेरबहादुर पालको घरमा आगो सल्किएको प्रहरीले जनाएको छ।

कर्णबहादुरको घरमा रहेका अन्नपात,लत्ताकपडा,सुनलगायतसामान जल्दा एक करोड भन्दा बढीको क्षति भएको निमित्त प्रहरी प्रमुख मल्लले बताए। उनका अनुसार यमबहादुरको घर पनि पूर्णरूपले जलेर नष्ट हुँदा २८ लाख बराबरको क्षति भएको छ।

शेरबहादुरको घरमा तीन लाख बराबरका सरसामान जलेका छन्। प्रहरी र स्थानीयवासीको सक्रियतामा बिहान पौने ७ बजे मात्रै आगो नियन्त्रणमा आएको थियो।

Share:
Reaction :
ताजा समाचार
खेलकुद