Media Network

हुण्डी कारोबारमा संलग्न दुई व्यक्ति पक्राउ


खबरस्टोरी संवाददाता

२३ फाल्गुन २०७८,सोमबार

काठमाडौ । हुण्डी कारोबारमा संलग्न एक भारतीय नागरिक सहित दुई व्यक्तिहरुलाई पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखाले हुण्डी कारोबारमा संलग्न काठमाडौ महानगरपालिका वडा नं १९ टंकेश्वरी घर भई हाल किर्तिपुर बस्ने २४ बर्षिय बिक्की खड्गी र भारतको सिलिगुरी पश्चिम बंगाल घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ बर्षिय अमित कुमार अग्रवाललाई पक्राउ गरेको जानकारी दिएको छ । 

महाशाखाका अनुसार पक्राउ परेका मध्ये खड्गीको साथबाट २४ हजार रुपैयाँ नगद, बिभिन्न चेक, भौचर प्याड र  एक थान मोवाईल र अग्रवालको साथबाट एक करोड ५० लाख रुपैैयाँ नगद, दुई थान ल्यापटप, एक थान मोवाईल र कारोबार सम्वन्धी बिभिन्न कागजातहरु बरामद महाशखाको भनाई छ । काठमाडौंको ताहाचल डेरा गरी बस्ने बिमला इन्टरनेशल प्र्रालिका सञ्चालक नक्कली गरगहनाको होलसेल कारोबारी गरी बस्ने भारतीय नागरिक अमित कुमार अग्रवाल समेतका व्यक्तिहरुले राजश्व छली गैरकानुनीरुपमा हुण्डी मार्फत वित्तीय कारोबार गर्दे आईरहेका छन् भने सुचनाको आधारमा उनीहरुको सम्वन्धमा अनुसन्धान तथा निगरानी गर्ने क्रममा यही फागुन २२ गते अग्रवाल बस्ने घरेको गेट अगाडि बिक्की खड्गीलाई फेला पारी सोधपुछ गर्दा मैले कालिमाटीस्थित जीवदृष्टि बहुउदे्श्यीय सहकारी संस्थाबाट ५० लाख रुपैयाँ ल्याई अमित कुमार अग्रवालको कोठामा पुर्याईदिएको र सोही अनुरुप अग्रवालको डेरा खानतलासी गर्दा एक करोड ५० लाख रुपैयाँ नगद फेला परेको थियो ।

पक्राउ परेका दुबै व्यक्तिहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाईएको महाशाखाले जानकारी दिएको छ ।    


Share:
Reaction :
ताजा समाचार
खेलकुद