Media Network

हेपाइ सहन नसकेर घटेको संखुवासभाको त्यो विभत्स हत्याकाण्ड


खबरस्टोरी संवाददाता

२६ भाद्र २०७८,शनिबार


काठमाडौ\  घटनाको पाँच दिनपछि प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ हत्याकाण्डका आरोपीलाई पक्राउ गरेको छ । २६ वर्षीय मादि–१ उम्लिङका लोकबहादुर काकीले काका पर्ने ५२ वर्षीय लोकबहादुर र उनको परिवारको हत्या गरेको खुलेको छ ।
प्रहरीे अनुसन्धानका क्रममा लोकबहादुर एक्लैले आवेगमा आएर ६ जनाको ज्यान लिएको अनुसन्धानबाट खुलेको छ ।’  यद्यपि आवेशमा आएर हत्या गरिएको भने पनि यो घटना आवेश प्रेरित हत्या हो कि मनासाय प्रेरित हत्या हो भन्ने खुलेको छैन । 


भदौ २१ मा विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो । 
शव फरक–फरक चार स्थानमा फेला परेको थियो । संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितका अनुसन्धान अधिकृतहरूले हत्या अनुसन्धान गरेका थिए । 


 

Share:
Reaction :
ताजा समाचार
खेलकुद