होस्टल वार्डेनमाथि छात्राहरुलाई याैन दुर्वव्यहार गरेको आरोप, जाेरपाटीकाे सर्वनाम शिक्षालय तनावग्रस्त

खबरस्टोरी संवाददाता
२१ जेष्ठ २०७९, शनिबार
होस्टल वार्डेनमाथि छात्राहरुलाई याैन दुर्वव्यहार गरेको आरोप, जाेरपाटीकाे सर्वनाम शिक्षालय तनावग्रस्त
काठमाडौ । काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेनले छात्राहरुलाई  याैन दुर्वव्यहार गरेकाे आराेपमा अभिभावकहरु आन्दोलनमा  उत्रेका छन् ।

झडपको अवस्था आएपछि प्रहरी टोली स्कुलमा पुगेको महानगरीय प्रहरी वृतका डिएसपी ढुण्डीराम न्यौपानेले बताए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।