हेटौंडामा एकाबिहानै शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज


खबरस्टोरी संवाददाता
३० बैशाख २०७९, शुक्रबार
हेटौंडामा एकाबिहानै शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज
हेटाैंडा। हेटौंडामा शंकास्पद वस्तु फेला परेको छ । मतदान सुरु हुनुभन्दा अगाडिय हेटौंडा उपमहानगरपालिका-७ र ८ को सीमाना नजिकै फायरलाइनमा प्रेसर कुकरमा तार बाँधेर राखिएको अवस्थामा फेला परेको हो ।

उक्त शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।