Media Network

हटाइए सशस्त्रका डिएसपी


खबरस्टोरी संवाददाता

२६ जेष्ठ २०७९,बिहीबार

काठमाडौं । चुनावमा नक्कली बिल पेश गरेको आरोपमा छानबिनमा रहेका सशस्त्र प्रहरीका डिएसपीलाई सशस्त्र प्रहरी प्रधान कार्यालयले कारवाही स्वरुप निस्काशन गरेको छ ।

दोलखास्थित सशस्त्र प्रहरी गुल्मका डिएसपी बुद्धिनारायण महर्जन कमान्डबाट हटाइएको हो । सो गुल्ममा डिएसपी सुरज कुमार कार्कीलाई पठाइएको छ । डिएसपी महर्जनले चुनावमा वास्तविक भन्दा धेरै गाडी भाडामा लिएको भनेर बजेट हिनामिनाको प्रयास गरेका थिए । यसअघि उनी राशन अनियमिततामा पनि कारबाहीमा परेका डिएसपी हुन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद