हात्तीको आक्रमणबाट टीकापुरमा महिलाको मृत्यु


खबरस्टोरी संवाददाता
५ असार २०७९, आईतवार
हात्तीको आक्रमणबाट टीकापुरमा महिलाको मृत्यु
काठमाडौँ। कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ ब्लक नं १५ की ५० वर्षीया टङ्क सोडारी रहेका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । 

शनिबार साँझ कर्णाली नदी किनार सनकट्टीघाट जङ्गलबाट निस्केका दुईवटा हात्तीले सोही नदीमा भइरहेको तटबन्धमा मजदुरी गरेर घर फर्किरहेका सोडारीलाई आक्रमण गरेको  प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए । 

नदी किनारमा तटबन्धका लागि अन्य तीन महिला ढुङ्गा सङ्कलन गरिरहेका बेला एक्कासी दुईवटा हात्ती नजिकै देखेपछि दुई महिला भागे पनि सोडारीलाई हात्तीले लछारपछार गरी, खुट्टा भाँचेर मारेको प्रत्यक्षदर्शीले बताएको प्रहरीले जनाएकोे छ ।